Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यता सर्वाेच्चको आदेश, उता माधव कुमार नेपाल लण्डन प्रस्थान


यता सर्वाेच्चको आदेश, उता माधव कुमार नेपाल  लण्डन प्रस्थान

काठमाडौं । सर्वाेच्च अदालतले ललिता निवास प्रकरणका विषयमा तात्कालिन मन्त्रीपरिषदका पदाधिकारीमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि अहिले उच्चपदस्थ अधिकारीहरुमा चिसो पसेको छ । सर्वाेच्चको आदेशपछि पुर्व प्रधानमन्त्री प्रधानमन्त्री डा.बाबुराम भट्टर्राइले आफुले अनुसन्धानमा सहयोग गर्ने बताइरहदा यता सो समयमा प्रधानमन्त्री रहेका माधव कुमार नेपाल भने वेलायत हिडेका छन् ।

पार्टी निकट प्रवासी नेपालीको कार्यक्रममा भाग लिन बेलायत जानुअघि नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको पछिल्लो आदेशका बारेमा छलफल गरेको बुझीएको छ । नेपालले प्रधानमन्त्री दाहाललाई आफू विदेश जान लागेको भन्दै सर्वोच्चले आफूमाथि समेत अनुसन्धान गर्नू भनी दिएको आदेश कार्यान्वयन सरकारले कसरी गर्छ भनेर चासो राखेको स्रोतले जनाएको छ ।

नेपालले आफूनिकट नेताहरूसँग लण्डन जानुअघि अनौपचारिक ब्रिफिङ गर्दै बालुवाटारस्थित विशिष्ट व्यक्तिहरूको सरकारी आवास विस्तार गर्ने दाहाल नेतृत्वको सरकारको निर्णय आफ्नो पालामा कार्यान्वयन गरिएको विषय आफूले राखेको बताएका छन् ।