काठमाडौं । सय सातामा नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको छ। गत साता १८६६. ३४ विन्दुमा बन्द भएको नेप्से, यो साता ३.९३ प्रतिशत अर्थात ७३.२७ अंक बढेर १९३९.६१ विन्दुमा पुगेको छ। यो साताको ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ४ कारोबारको दिन उकालो लागेको छ भने एक कारोबार दिन बढेर बन्द भएको छ।
यो साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो। यो साता सेन्सेटिभ इण्डेक्स २.४७ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३.७६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४४ प्रतिशत बढेको छ। नेप्से बढेपनि यो साता औषत कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा २ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २ अर्ब ६ करोडको मात्र शेयर कारोबार भएको छ।
गत साताको तुलनामा यो साताको दैनिक औषत कारोबार रकम ८.०७ प्रतिशत घटेको हो । त्यसैगरी, यस साता नेप्सेको दैनिक औषत शेयर संख्या २२.११ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २.६९ प्रतिशत घटेको छ। यो साता नेप्सेको कुल बजार पूँजीकरण ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २७ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यो साता १ खर्ब ७ अर्ब रुपयाँ बढेर २८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।