Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता लागूऔषधसम्बन्धी क्षतिपूर्ति भराउने फैसला


पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता लागूऔषधसम्बन्धी क्षतिपूर्ति भराउने फैसला

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले लागूऔषधसम्बन्धी मुद्दामा १ वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना र ८ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । अघिल्लो साताको बुधवार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तालाई दोषी ठहर गरेको थियो ।

बिहीबार भएको सजाय निर्धारण फैसलाअनुसार गुप्तालाई जरिवानासहित कारागार चलान गर्ने निर्णय गरिएको छ । यसै मुद्दामा नगरप्रहरी रघुनाथप्रसाद धोबीलाई २ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

धोबी यसअघि पनि लागूऔषध मुद्दामा दोषी ठहर भइसकेकाले थप १ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय पनि उनलाई भुक्तान गर्नुपर्ने अदालतले निर्धारण गरेको छ । धोबी २०७९ असोज २६ देखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।