काठमाडौं । बैंकको कर्मचारी हो भन्दै मोबाइलमा आएको वान टाइम पासवर्डओटीपी मागी ठगी गर्ने घटना बढेको भन्दै बैंकहरूले ग्राहकलाई सचेतका लागि सुचना निकालेको छ। केही समयदेखि अनधिकृत व्यक्तिहरूले बैंकको कर्मचारी भएको र केवाईसी अपडेट गर्ने लगायतको बहाना बनाउँदै वा प्रलोभन देखाइ सोका लागि सम्बन्धित ग्राहकसँग उसको मोबाइलमा आएको नम्बर मागी ठगी गरिएको पाइएको छ ।
ग्लोबल आईएमई बैंकले सूचना प्रकाशित गर्दै भनेको छ । नेपाल राष्ट्र बैंकले पनि जेठमा २ एक सूचना प्रकाशित गर्दै कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटीपी कहिल्यै पनि नमाग्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको थियो ।
तपाईंले चिनेको वा नचिनेको कुनै पनि असल नियतको व्यक्तिलाई तपाईंको ओटीपी कुनै पनि कार्यका लागि आवश्यक नपर्ने राष्ट्र बैंकले भनेको छ। यस्तो घटनाहरूबारे सर्वसाधारण नागरिकलाई सेचत गराउन र बैंकसँग ग्राहकको विवरण हुने भएकोले फोनबाट विवरण माग्दैनन् भनेर सर्वसाधराणलाई सचेत गराउने उक्त सूचना प्रकाशित भएको उनले बताएका छन् । डिजिटल बैंकिङ प्रयोगकर्ताले संवेशनशील विवरण कसैलाई पनि नदि सुरक्षित राख्न बैंकर शर्मा बताएका छन् ।