काठमाडौं, ५ असार । संघीय संसद्को अर्थ समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गरेको हो । धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियालाई लिएर विवाद चर्किंदै गएपछि यस सम्बन्धमा छलफल गर्न संघीय संसद्को अर्थ समितिले बैठक डाकेको थियो । गत जेठ २९ मा नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको अर्थ समितिले छलफलका लागि मंगलबार बैठक बोलाएको थियो।
धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न अर्थसमितिको निर्देशन