Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेट ल्याउँन अर्थमन्त्रालयले दिनरात काम गर्दै


बजेट ल्याउँन अर्थमन्त्रालयले दिनरात काम गर्दै

काठमाडौं । आर्थिक वर्ष २०८२—८३ को बजेट ल्याउँन अर्थमन्त्रालयले दिनरात काम गरिरहेको छ। सरकारलाई यतिबेला बजेट ल्याउने चटारो छ । सार्वजनिक विदाको दिन पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटकै कामका लागि मन्त्रालयमा व्यस्त छन् ।

अर्थ मन्त्रालय विभिन्न क्षेत्रसँगको छलफलमा व्यस्त भएको मन्त्रालयका कर्मचारी बताउँछन् । हिजोदेखि संसद्को बजेट अधिवेशन पनि शुरु भइसकेको छ । आउँदो १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र वैशाख २८ गतेदेखि प्रि–बजेट छलफल शुरु हुने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२८३ को बजेट सिलिङ झण्डै १९ खर्ब रुपैयाँ तोकिएको छ । यस पटकको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना समावेश नगर्ने नीति अर्थ मन्त्रालयको छ ।