Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक सचिव पदमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस


एक सचिव पदमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

काठमाडौं । रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षमा जेल चलान भएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको सचिव पदमा बढुवाका लागि बरिष्ठताका आधारमा ३ सहसचिवको नाम सिफारिस भएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले बरिष्ठताका आधारमा सहसचिव बिरेन्द्रकुमार यादव, मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको हो । पहिलो नम्बरमा सिफारिस भएका यादव राष्ट्रिय योजना आयोगमा अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने दोस्रो नम्बरमा सिफारिस भएका भुजेल मधेस प्रदेश सरकारको कामु प्रमुख सचिव छन् । यस्तै तेस्रो नम्बरमा सिफारिस भएका पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

बढुवा समितिले सिफारिस गरेका ३ सहसचिवमध्ये एक जना सहसचिवलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ । दोस्रो नम्बरमा सिफारिस भएका भुजेल यस अघि पनि बढुवाका लागि सिफारिस भइसकेका र मधेश प्रदेशको काययमुकायम कामू प्रमुख सचिवको जिम्मेवारीमा गइसकेकाले उनलाई नै मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने सम्भावना बढी छ । पहिलो नम्बरमा बढुवा भएका यादव भने सचिव बढुवाका लागि लिनुपर्ने तालीम नलिएका कारण लामो समयदेखि बढुवा नभएर सहसचिवमै कार्यरत रहेका छन् ।