काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्रको नेतृत्व गर्न नसकेको बताएका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिपक्षी दलको तर्फबाट धारणा राख्ने क्रममा ओलीले यस्तो वक्तव्य राखेका हुन् ।
आज चलिरहेको संसद बैठकमा उनले अहिलेको सरकारले नेपालको अर्थतन्त्रको अवमूल्यन गरेको भन्दै बजेटमा समेटिएका अधिकांश विषयहरुले नेपालको अर्थतन्त्र क्षेत्रलाई उकास्न नसक्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटले नेपालको जनसङ्ख्या, वातावरण, क्षेत्र, भुगोलस्थिति, युवावर्गलगायत अधिकांश विषयवस्तुहरुलाई उचित सम्बोधन नगरेको र यसले नेपाली जीवनस्तर उकास्न नसक्ने ठोकुवा समेत गरेका छन् ।
यस बजेटले अर्थतन्त्रको विकासमा समेत ह्रास ल्याएको भन्दै उनले सक्तैन भन्ने छुट सरकारलाई नभएको र वर्तमान सरकार स–साना कुराहरुमा समेत चुकेको साथै, राष्ट्रिय आकांक्षालाई पूरा गर्न नसक्ने यस बजेटलाई सहर्ष स्वीकार गर्न नसक्ने बताएका छन् ।