काठमाडौं, श्रावण १४ । लेखा समितिमा १ सय उजुरी सार्वजनिक विचाराधीन रहेका छन् । २०७४ देखि २०७९ सम्मको अवधिमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा १ सयवटा संख्याको उजुरीको संक्षिप्त विवरण समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।
लेखा समितिको आइतबार बसेको बैठकमा उजुरी विवरणको संक्षिप्त सूची सार्वजनिक गरिएको हो । उजुरीमा सुरक्षण मुद्रण, प्रिन्टिङ प्रेसको विषयमा उजुरी परेका छन् ।