Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन काण्डको छानबिन नहुँदासम्म, प्रमुख प्रतिपक्षी दल संसद् चल्न नदिने


सुन काण्डको छानबिन नहुँदासम्म, प्रमुख प्रतिपक्षी दल संसद् चल्न नदिने

काठमाडौं, श्रावण १५ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद् अवरोध गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल सँगको छलफलले ठोस निष्कर्ष दिन नसकेको भन्दै एमालेले आज संसद् चल्न नदिने भएको हो।

प्रधानमन्त्री र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि बालुवाटारमा छलफल भएको थियो। सुन प्रकरणको छानबिन नभएसम्म सदनको अवरोध कायमै रहन्छ, एमाले प्रमुख सचेतक पदम गिरीले सेतोपाटीसँग सार्वजनिक नगर्दासम्म सदन चल्ने अवस्था नरहेको उनले बताए। प्रकरणमा नयाँ(नयाँ कुरा आइरहेका छन्।

सबैको यथार्थ नागरिकले थाहा पाउनुपर्छ। सुन तस्करहरू नसमातेसम्म हामी सदन चल्न नदिने पक्षमा भएको बताए । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच आज भएको बैठकमा प्रधानन्यायाधीशको सिफारिसबारे पनि कुराकानी भएको थियो।प्रधानमन्त्रीले मंगलबार अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म बस्न सकेको छैन।