Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

म्याग्दीका स्थानीय तहमा ३ अर्ब भन्दा बढी बजेट विनियोजन


म्याग्दीका स्थानीय तहमा ३ अर्ब  भन्दा बढी बजेट विनियोजन

काठमाडौं । आगमी आर्थिक वर्ष २०८०,८१ को नीति, कार्यक्रमको लागि म्याग्दीका ६ वटा स्थानीय तहले बजेट पारित गरेका छन् । गाउँ तथा नगरसभा मार्फत बेनी नगरपालिका, मङ्गला, मालिका, धबलागिरी, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले एकमुष्ट २ अर्ब दुई करोड ५३ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको बजेट पारित गरेका हुन् । सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर जिल्लाका स्थानीय तहले आगमी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेट ल्याएका छन् ।

आइतबार जिल्लाका छ वटै स्थानीय तहले बजेट पारित पनि गरिसकेका छन् । बेनी नगरपालिकाले ७० करोड ८९ लाख रुपैयाँको बजेट पारित गरेको छ । चालूतर्फ ५० करोड २७ लाख ७५ हजार र २० करोड ६१ लाख २५ हजार रुपैयाँ पूँजीगत तर्फको बजेट पारित भएको छ । यसैगरी मङ्गला गाउँपालिकाले चालूतर्फ २८ करोड ३२ लाख ६१ हजार सात सय र पूँजीगततर्फ १६ करोड ४८ लाख ५० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

धवलागिरी गाउँपालिकाले ४३ करोड ८९ लाख ५४ हजार दुईसय रुपैयाँको बजेट पारित गरेको छ । रघुगङ्गा गाउँपालिकाले ४३ करोड बढीको बजेट पारित गरेको छ । १५ औं गाउँ सभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको ४३ करोड ५७ लाख ८७ हजार ६ सय बराबरको बजेट पारित भएको हो । बजेटमा चालूतर्फ ३४ करोड ४९ लाख ५७ हजार र र पूँजीगततर्फ ९ करोड ८ लाख ३० हजार विनियोजन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले साढे ५३ करोड रुपैयाँको बजेट ल्याएको छ । असार ८ गते गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको १७ औं गाउँ सभामा उपाध्यक्ष दिवा तिलिजा पुनले ५३ करोड ५४ लाख ४३ हजार ६ सय रुपैयाँको बजेट सार्वजनिक गरे हो । चालूतर्फ ३५ करोड ५१ लाख ५९ हजार छ सय र पूँजीगततर्फ १८ करोड दुई लाख ८४ हजार बजेट विनियोजन भएको उपाध्यक्ष तिलिजाले बताए। मालिका गाउँपालिकाले ४५ करोड ८१ लाख ४४ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

आइतबार गाउँपालिकाको केन्द्रमा सम्पन्न भएको गाउँ सभाको १३ औं अधिवेशनमा उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले आगामी आर्थिक वर्ष २०८०,०८१ को लागि प्रस्तुत गरे उक्त बजेट छलफल सहित पारित गरिएको हो । चालूतर्फ २९ करोड ४९ लाख रुपैयाँ र पूँजीगततर्फ १६ करोड ३२ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष घर्ती मगर पुनले बताए ।