काठमाडौं । एनसेल आजियाटाले ग्राहकहको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै अझै सुलभ दरमा सेवा लिन सकिने गरी तीन किसिमका अनलिमिटेड भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको बताएको छ। एनसेलका सबै ग्राहकले अब नेपालका जुन मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरूमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरूबाट फाइदा लिन सक्छन्।
प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरू जेठ ३२ गतेबाट सञ्चालनमा आएका कम्पनीले बताएको छ। आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार ग्राहकले १ दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, १ दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा ७ दिने समयासिमा रहेको अन–नेट अनलिमिटेड भ्वाइस प्याक लिन सक्छन्।
१ दिने अल–नेट अनलिमिटेड प्याक अन्तर्गत ग्राहकले कर सहित २५ रुपैयाँमा बिहान ५ बजे देखि साँझ ५ बजेसम्म नेपालका देशका कुनैपनि मोबाइल नेटवर्कका नम्बरहरूमा अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्छन्। ग्राहकहरूले *१७११८*१*५# डायल गरी यो प्याक लिन सक्छन्।
त्यसैगरी,*१७११८*३*४# डायल गरी एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने १ दिने अन–नेट अनलिमिटेड टकटाइम कर सहित ३० रुपैयाँमा सुरू गर्न सक्छन्। एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्नका लागि धेरै टकटाइम आवश्यक भएका ग्राहकहरूले ७ दिन समयावधि रहेको अन–नेट अनलिमिटेड प्याक लिन सक्छन्। यो प्याकको कर सहित १५० रुपैयाँ पर्ने कम्पनीले बताएको छ।