काठमाडौं । नेपाल र एनएमबी बैंक सँग साझेदारी गरी दराज एनएमबी कर्जाको सुरुवात गरेको छ। दराज एनएमबी सजिलो कर्जा नामक यो पहलले बिक्रेताहरूलाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने लक्ष्य राख्यको हो ।
उक्त सम्झौतामा दराज नेपालका प्रबन्ध निर्देशक आचल कुँवर र एनएमबि बैंकका नायब प्रमुख अधिकारी गोविन्द घिमिरेले १९ मार्चमा हस्ताक्षर गरेका हुन् । विक्रेताहरूले कुनै पनि प्रकारको सुरक्षा वा धितो नराखी आवश्यक कोषहरूमा पहुँच पाउन सक्न्छि।
यस सुविधाले साना र मझौला उद्यमहरूले वित्तीय सहायता खोज्दा सामना गर्ने परम्परागत अवरोधहरूलाई हटाउने दराज नेपालके दाबी छ। दराज प्लेटफर्ममा बिक्रेताहरूले आफ्नो व्यावसायिक आवश्यकताअनुसार ५ लाखसम्मको ऋणका लागि आवेदन दिन सक्न्छि ।