Wednesday, June 11, 2025

२०८२ जेष्ठ २९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम, बैशाखमा १ खर्ब ६५ अर्ब भित्रियो


रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम, बैशाखमा १ खर्ब ६५ अर्ब भित्रियो

काठमाडौं । बैशाख महिनामा भित्रिएको रेमिट्यान्स रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यो महिना १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।

अघिल्लो वैशाख मसान्तमा जम्मा ११५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चैत मसान्तसम्म नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

बैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो । यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १६.९ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद ट्रान्सफर १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको   छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ०१ अर्ब ७५ करोड रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्क   छ । यसअघि एकै महिना १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स आव्रवाह भएको रेकर्ड छ । यो गत फागुनको तथ्याङ्क हो ।