२६ असार, काठमाडौं । क्याप्टेन सीबी गुरुङले उडाएको मनाङ एयरको हेलिकप्टर मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।
विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार ६ जनाकै शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्धारका लागि पुगेका छन् ।
यात्रुहरु सबै विदेशी नागरिक रहेको उनले जानकारी दिएका छन् । हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे ।
हेलिकप्टर दुर्टनामा परेका चालक तथा यात्रुको नामसूची यसप्रकार रहेका छन्ः