Friday, December 19, 2025

२०८२ पुष ४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाँच सय जना महिलाहरूलाई निःशुल्क तालिम दिने


पाँच सय जना महिलाहरूलाई निःशुल्क तालिम दिने

काठमाडौं । वैदेशिक रोजगार बोर्डले विभिन्न तालिम प्रदायक संस्थाहरूमा  पाँच सय जना महिलाहरूलाई निःशुल्क तालिम दिने भएको छ।  बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले एक महिने यो तालिम लिएका महिलाहरूले सिलाई कटाई कामका लागि कुनै शुल्क नतिरी जोर्डन जान सक्ने बताए।

आगामी असारको पहिलो साताबाट काठमाडौंका विभिन्न ९ वटा तालिम प्रदायक संस्थाहरूमा  गार्मेन्ट मेसिन अप्रेटर तालिम दिने भएको छ । यो तालिम १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेका महिलालाई दिइने छ। तालिम लिनका लागि राहदानी बनाइसकेको तथा राहदानी बनाउनका लागि राजस्व बुझाइसकेको हुनुपर्ने बोर्डले बताएको छ।