Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता


निजी विद्यालय सञ्चालकहरुको आन्दोलन फिर्ता

काठमाडौं । निजी तथा आवासीय विद्यालयहरुले आन्दोलन फिर्ता लिएका छन् ।

शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता भएपछि आन्दोलन स्थगन गरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए । उनले भने, ‘हामीले राखेको मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक लिएर सरोकारवालाहरुको विषय पनि सम्बोधन गर्ने र त्यसमा आवश्यक छलफल गर्ने भन्ने कुरा भएपछि आन्दोलन स्थगन गरेका हौ ।’

निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले विद्यालय शिक्षा विधेयकमा पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीमा रुपान्तरण र दायित्व फरफारक लगायतको विषयप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका थिए ।

हाल कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउँदा आफूहरु समस्यामा पर्ने भन्दै निजी शैक्षिक संस्था सञ्चालकहरुले शनिबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।