Thursday, May 29, 2025

२०८२ जेष्ठ १६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१० महिनामा १ अर्ब ७५ करोड बराबरको राहदानी आयात


१० महिनामा १ अर्ब ७५ करोड बराबरको  राहदानी आयात

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट (राहदानी) आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२ लाख ४४ हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट आयात गरेको छ ।

यसमध्ये १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट फ्रान्सबाट आयात भएको छ भने ४ हजार रुपैयाँको ०।१५ केजी बेलायतबाट आयात भएको हो । उक्त परिमााणमा पासपोर्ट आयात हुँदा एक हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।