Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धुलिखेल नगरपालिकाको लागि बजेट घोषणा


धुलिखेल नगरपालिकाको लागि बजेट घोषणा

काठमाडौं । धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०,८१ का लागि १ अर्ब १५ करोड १५ लाख बजेट घोषणा भएको छ । नगरले बुधबार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो। सभामा आउँदो आवका नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गरे नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गरे।

आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ। घोषणा बजेटमध्ये चालूतर्फ ६७ करोड ६५ लाख ३२ हजार रहेको छ भने पुँजीगत खर्चतर्फ ४६ करोड ७९ लाख ६८ हजार उल्लखे छ । वित्तीय व्यवस्थातर्फ  ७० लाख विनियोजन भएको छ। चालू आव २०७९,८० मा १ अर्ब ३५ करोड अनुमान गरिएकोमा आर्थिकमन्दीका कारण लक्ष्यअनुरूप राजस्व सङ्कलन हुन नसकेकाले कूल बजेट १ अर्ब २२ करोड २५ लाख कायम गरिएको बताइयो।

चालू आवको प्रगतिमा ८० दशमलव ३५ प्रतिशत प्रगति भएको बताए । नगरप्रमुख ब्याञ्जुले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्वास्थ्य सहर अभियानलाई साकार बनाउन स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ड्यासबोर्ड कार्यक्रम, रक्तअल्पता मुक्त नगर, दीर्घरोगीलाई घरघरमा औषधि पुर्याउने घोषणासमेत गरेका छन्। कार्यक्रममा नसर्ने रोगको प्रकोपको नियन्त्रण गर्न दीर्घ रोगीलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइ घरमै औषधि पुर्याउने योजना बनाएको छ।

रोजगारी सिर्जना गर्ने कम्तीमा एक वडा एक आयोजना, पर्यटन विकास, कृषि विकास, पशुपन्छी विकास, गरिबी न्यूनीकरण, श्रम, रोजगारी तथा उद्यम विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजस्व परिचालन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायतका विषयमा विभिन्न योजना सहितको बजेट विनियोजन गरिएको छ ।