Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१० अर्ब माग्दा बैंकहरूले गरे २६ अर्बको आवेदनःअधिक तरलता प्रभाव


१० अर्ब माग्दा बैंकहरूले गरे २६ अर्बको आवेदनःअधिक तरलता प्रभाव

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकममा तरलता अधिक मात्रका हुन थालेको छ। जसको प्रभावले नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन प्रस्ताव गरेका छन् । कुल ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले सो रकमको आवेदन दिएका थिए ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले असार १४ गतेसम्मका लागि ७ दिनेअवधिको बोलकबोलमार्फत १०अर्ब खिचेको हो।बैंकहरुले ब्याजदर पनि घटाएर आवेदन गरेका छन् । बोलकबोलमार्फत १० अर्ब रुपैयाँ खिच्दा न्यूनतम २.७३९९ देखि अधिकतम ३.२४०० प्रतिशतसम्म ब्याजदर कायम भएको छ ।

यसअघि माघमा सो अवधिकै रिभर्स रिपो जारी गर्दा ४.२४ प्रतिशतदेखि अधिकतम ४.४६ प्रतिशतसम्म कायम भएको थियो । बैंकिङ प्रणालीमा हाल ३ खर्ब भन्दा धेरै लगानीयोग्य रकम रहेको बैंकरहरूले बताएका छन् ।