Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान


सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान

काठमाडौं । सुनको मूल्यले आज कीर्तिमान बनाएको छ । सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । अस्ति शुक्रबार सुनको भाउ तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको  छ । शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ थियो ।