काठमाडौं, श्रावण २६ । इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रमक जानकारी फइलाउने कार्यलाई सरकारले नियन्त्रण गर्ने भएको छ । यसका लागि निरन्तर अनुमगनको व्यवस्था हुने नयाँ जारी राष्ट्रिय साइबर सुरक्षा नीतिमा उल्लेख छ ।
हालै मन्त्रिपरिषद्ले पारित गरेको नीतिअनुसार अब अनलाइन उत्पीडन ह्यारासमेन्ट, साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने, अश्लिलता फैलाउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई निषेध गरिनेछ ।
महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिनेछ रणनीतिमा छ, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवम् भेदभावलाई नियन्त्रण गरिनेछ । स्पाम मेसेजहरू सम्प्रेषण गर्ने कार्यलाई पनि नियन्त्रण गर्ने रणनीतिमा छ ।