Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ककपिटमा अक्सिजन अभाव भएका विषयमा दुई जना पाइलटसँग ‘स्पष्टीकरण’ माग


ककपिटमा अक्सिजन अभाव भएका विषयमा दुई जना पाइलटसँग ‘स्पष्टीकरण’ माग

काठमाडौं, ३ साउन । ककपिटमा अक्सिजनको मात्रा घटेका कारण मलेसियामा मंगलबार ११ घन्टा ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको उडानमा संलग्न दुई जना पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले ‘स्पष्टीकरण’ सोधेको छ । प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले मंगलबारको उडानमा रहेका निगमका दुई जना पाइलटलाई सिनामंगलमा बोलाई मौखिक र लिखित स्पष्टीकरण लिएको हो ।  

यसैबीच, निगमले मंगलबार राति ९:४५ बजे मलेसियाका लागि हुनुपर्ने उडान झन्डै ७ घन्टा ढिलो गरेको छ । मलेसियामा जहाज ११ घन्टा ग्राउन्डेड भएका कारण मंगलबार उसले मलेसियाको उडान बिहान साढे ४ बजेमात्रै उडाएको थियो ।   एउटामात्रै जहाज त्यसमाथि प्राविधिक समस्या दोहोरिएपछि निगमको यात्रुसेवा विभागका प्रबन्धक केशर थापाले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पत्रमार्फत एउटै जहाजले तीनवटा सेक्टरमा उडान गर्नुपर्ने भएकाले विमानस्थल बिहान ४:३० बजेसम्म खुला राखिदिन अनुरोध गरेका थिए ।