काठमाडौं, ९ असार । पूर्वी नेपालमा बाढी पहिरो प्रभावितलाई सहयोगस्वरूप चिनियाँ दूतावासले नगद ४० लाख र एक करोड बराबरका राहत सामग्री सहयोग गर्ने राजदूत छन सोङले घोषणा गरेका छन् । पोखरामा शनिबार ड्रागन बोट रेस फेस्टिभलको समापनमा उनले उक्त घोषणा गरेका हुन् । उनले बोट रेसको आयोजकको रूपमा नगद र चीन–दक्षिण एसिया आपतकालीन् आपूर्ति भण्डारबाट राहत तथा उद्धार सामग्री सहयोग गर्ने बताए । यस वर्षदेखि सुरु भएको ड्रागन बोट रेस आगामी वर्ष पनि निरन्तरता दिने उनले जनाए ।
पूर्वी नेपालमा बाढी पहिरो प्रभावितलाई चाइनाको ४० लाख र एक करोड बराबरका राहत सामग्री