Thursday, August 28, 2025

२०८२ भाद्र १२, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु


सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १३ गतेदेखि सुरु हुने भएको छ। सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बुधवार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा ‘सुदूरपश्चिम प्रदेश सभा सचिव तथा सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५’ संशोधन गर्न बनेको विधेयकमाथि छलफलको प्रस्ताव पेश गरिने प्रदेशसभा सचिवालयका प्रवक्ता तथा उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए ।

यसअघि असार १० गतेदेखि बजेटमाथि छलफल गर्न बैठक बोलाउने निर्णय भए पनि तयारी नपुगेका कारण स्थगित गरिएको थियो। पर्याप्त रूपमा बजेट अध्ययन हुन नसकेको भन्दै बैठक सारिएको जोशीले बताए। कार्यव्यवस्थामा भएको समझदारी अनुसार असार १५, १६ र १७ गते प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि नियमित छलफल हुनेछ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले असार १ गते प्रस्तुत गरेको ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट असार मसान्तभित्रै पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।