Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध अख्तियारमा मुद्दा दर्ता

१ करोड ४४ लाख ११ हजार ७८७ रुपैयाँ बिगो कायम


पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध अख्तियारमा मुद्दा दर्ता

काठमाडौं, ११ असार । पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका छन् । पशुपतिनाथ मन्दिरको जलहरी राख्ने प्रकरणमा समेत विवादमा परेका ढकाललाई १ करोड ४४ लाख ११ हजार ७८७ रुपैयाँ बिगो कायम र त्यति नै जरिवाना र कैद सजायको माग गरिएको छ । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकालविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, भ्रष्टाचारबाट आर्जित र त्यसबाट बढेबढाइएको सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी दिएको छ । २०७४ साउन ३२ गते तत्कालीन पर्यटनमन्त्री जितेन्द्र देवले ढकाललाई पशुपति विकासको कोषको सदस्य सचिवमा नियुक्त गरेका थिए ।