Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी राष्ट्रपति ट्रम्प र साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता

खाडी क्षेत्रको भ्रमणमा:डोनाल्ड ट्रम्प


अमेरिकी राष्ट्रपति ट्रम्प र साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता

एजेन्सी । खाडी क्षेत्रको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् । आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा ट्रम्पले साउदीका युवराजसँग भेट गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई)को चार दिने भ्रमणमा अमेरिकामा उल्लेखनीय नयाँ लगानी सुरक्षित गर्ने आशा राखे । ट्रम्पले यस भ्रमणमा घोषणा गर्ने सम्झौताहरूमा साउदीले १०० अर्ब डलरभन्दा बढीको अमेरिकी हतियार र अन्य सैन्य उपकरणहरू खरिद गर्ने सम्झौता पनि समावेश भएको बताइएको छ । ट्रम्पको प्राथमिकता सूचीमा कूटनीतिक वा सुरक्षा चासोको सट्टा आर्थिक मुद्दाहरू समावेश छन् ।

ट्रम्प, साउदी युवराज मोहम्मद बिन सलमान र रियादमा दिउँसोको खानामा सहभागी भएका विशिष्ट व्यक्तिहरूले एकअर्कासँग हात मिलाएका छन् । त्यहाँ ओपनएआई र एनभिडियाका प्रमुखका साथै ट्रम्पका सल्लाहकार एवम् टेस्लाका मालिक एलन मस्क पनि थिए । भ्रमणका क्रममा अरब नेताहरूले गाजामा पीडा कम गर्न ट्रम्पलाई दबाव दिने खबरमा उल्लेख छ ।

यसैबीच ट्रम्पले प्यालेस्टिनी विद्रोही समूह हमासले रिहा गरेको इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरसँग कुराकानी गरेका छन् । अमेरिकी राष्ट्रपतिको मध्यपूर्व भ्रमणको पूर्वसन्ध्यामा हमासले अलेक्जयान्डरलाई रिहा गरेको हो । हमासले यसलाई गाजामा युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक हिस्साका रूपमा लिएको छ ।