Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्वाधार विकास समितिको बैठक स्थगित


पूर्वाधार विकास समितिको बैठक स्थगित

२८ असार, काठमाडौं । सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बिहीबारका लागि बोलाइएको संसदीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो तर समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएपछि समितिको आजको बैठक बस्न सकेन ।

समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यस अनुसार पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्छ ।