काठमाडौं । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथीको सैद्धान्तिक छलफल भएको छ । सो छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहभागी नभएको । प्रमुख प्रतिपक्ष दलका सांसदहरुलाई बोल्न समय दिएतापनि उनीहरु विरोधमा नै थिए ।
बैठकमा सत्तारुढ दलका सांसदहरुले छलफलमा भाग लिदै बजेट राम्रो आएको भन्दै सरकारको बचाउ गरेका थिए । यहि असार १ गते लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो । बजेटमाथी छलफल गर्न आह्वान गरिएको बैठक यो भन्दा अगाडी ३ पटक स्थगित गरिएको थियो ।
सो बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्केले बजेटमाथी उठेका प्रश्नहरुको जवाफ दिएका थिए । अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको छ ।