Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन्स बैंकले गर्‍यो थप दुई रेस्टुरेन्टसँग सम्झौता


सिटिजन्स बैंकले गर्‍यो थप दुई रेस्टुरेन्टसँग  सम्झौता

काठमाडौं, श्रावण ११ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कार्डवाहक ग्राहकलाई छुट प्रदान गराउने उद्देश्यले दुईवटा रेस्टुरेन्टसँग सम्झौता गरेको छ । बैंकले काठमाडौंको टंगालमा रहेको अप्रिकस क्याफे, ठमेल, पोखरा र सानेपामा आउटलेट हरेको मोमोतारु रेस्टुरेन्टसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहकले अप्रिकस क्याफेमा ५ प्रतिशत छुट पाउने जनाइएको छ । त्यस्तै, मोमोतारु रेस्टुरेन्टका ठमेल, सानेपा र लेकसाइड पोखरा आउटलेटमा १५ प्रतिशतसम्मको छुट पाउने बैंकले बताएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुकासाथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा एक सय ८८ शाखा, एक सय ४७ एटिएम तीन विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको बताएको छ ।