काठमाडौं । सरकारले पहिलो चरणमा कृषि बीमा अनुदान बापत बीमा कम्पनीहरुलाई २ अर्ब ९४ करोड ५८ रुपैयाँ भुक्तानी दिन बाँकी नै छ । पशुबीमाको अनुदान बक्यौतामा ७२ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ र अनुदान ५८ रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमा पहिलो चरणमा ७२ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको हो ।
पहिलो चरणमा ७२ करोड रुपैयाँ अनुदान भुक्तानी हुन लागेको नेपाल बीमक संघका महासचिव अशोक कुमार खड्काल बताएका छन् । । सरकारले लामो समयदेखि कृषि बीमाको अनुदान नदिएपछि निर्जीवन बीमा कम्पनीहरुले गत जेठ ७ गतेबाट यसको कारोबार स्थगित गरेका थिए । यसमा नयाँ बीमापोलिसी पनि जारी गरिएको छैन ।
त्यसको दुई हप्तापछि सरकारले ७२ करोड रुपैयाँ भुक्तानी दिन लागेको हो । सरकारले कृषि तथा पशुबीमामा लाग्ने शुल्कमा ८० प्रतिशत अनुदान दिने गर्छ । त्योअनुसार कम्पनीले सम्बन्धीत ग्राहक किसानबाट २० प्रतिशत मात्रै शुल्क उठाउछन् । बाँकी पैसा सरकारले नै दिनुपर्ने हो ।
तर, त्यसबापतको रकम सरकारले लामो समयदेखि भुक्तानी गरेको छैन । संघकाअनुसार सरकारले अनुदान बापत २ अर्ब ९४ करोड ५८ रुपैयाँ दिनुपर्ने छ । त्यो रकम प्राप्त नभएपछि गत जेठ ७ गतेबाट कृषि बीमाको पोलिसी बिक्री गर्न र दावी भुक्तानी दिन स्थगित गएिको हो ।