Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नक्कली प्रहरी बनेर धम्की र चेतावनी दिने क्रम बढ्यो, अनुसन्धान हुँदैछः प्रहरी


नक्कली प्रहरी बनेर धम्की र चेतावनी दिने क्रम बढ्यो, अनुसन्धान हुँदैछः प्रहरी

काठमाडौं । नक्कली प्रहरी बनेर धम्की र चेतावनी दिने क्रम बढेको भन्दै प्रहरीले सचेत गराएको छ । प्रहरी संगठनकै दुरुपयोग गरेर केही व्यक्तिले धम्क्याउने गरेको गुनासो आएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

नेपाल प्रहरीका विभिन्न कार्यालय र वरिष्ठ अधिकारीहरूकै नाम र दर्जा प्रयोग गरेर धम्की आउने गरेको गुनासो नागरिकबाट आएको प्रहरीले जनाएको छ । ती व्यक्तिहरुले प्रहरीको नामबाट नागरिकहरूलाई चेतावनीसहित इमेलबाट धम्क्याउने गरेको पाइएको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।

यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रहरीले प्राप्त इमेलहरुको अनुसन्धान गरिरहेको जनाएको छ । प्रधान कार्यालयले सार्वजनिक अपिल गर्दै त्यस्ता धम्कीपूर्ण इमेल आएमा कुनै प्रतिक्रिया नदिन र विश्वास नगर्ने भनेको छ । त्यस्ता इमेलकाबारे थप जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।