Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ सय किलो सुन बरामत, तीन जनालाई पक्राउ[अपडेट]


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ सय किलो सुन बरामत, तीन जनालाई पक्राउ[अपडेट]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ सय किलोमाथि सुन बरामद गरेको छ। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार सो सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको बताए । उनले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले भोलिसम्ममा धेरै कुराहरु खुल्ने पनि उनको भनाई छ ।