Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनचाँदीमा लगाएको २ प्रतिशत विलासिताको कर नलाग्ने


सुनचाँदीमा लगाएको २ प्रतिशत  विलासिताको कर नलाग्ने

काठमाडौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट घोषणामा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भन्ने  थियो । सरकारले गरेको उक्त घोषणाको सुनचाँदी ब्यवसायीले चरणवद्ध रुपमा विरोध गर्दै आएका थिए । उनीहरुले मंगलबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेटगरी सो कर फिर्ता लिन माग गरेका हुन्।

त्यसक्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताएका छन् । हिरा जवहारात, पत्थर जस्ता महँगा सामानमा सुनचाँदी जडित गहनामा २ प्रतिशत विलासिता कर लगाउने बताएका छन्। सुनका गरगहना हुने खानेदेखि हुँदा खामनेसम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रष्ट पारे।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको सुनचाँदी ब्यवसायमा आवद्ध तीन महासंघको संयुक्त भेटकाक्रममा मन्त्री महतले भन्सार दर वृद्धि गर्नुको कारण भने भारतीय र नेपाली बजारमा समान दर वनाउनकालागि भएको प्रष्ट पारेका थिए ।

त्यसक्रममा ब्यवसायीहरुको माग अनुसार विदेशवाट आउने नेपालीहरुले ल्याउने गहनाको परिणाम वृद्धि गर्न र व्यवसायीलाई परेको अप्ठ्यारा बिषयहरु सल्ट्याउन सरकार प्रतिवद्ध रहेको बताउँदै उनले यथासिघ्र व्यवसायीमा माग सम्वोधन गरिने बताएका छन्। मन्त्री महतसँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्यले बजेटले गरेको नयाँ ब्यवस्था अनुसार सुनचाँदी व्यवसायीलई परेको प्रभावको बताए  ।