काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक जेठ २६ मा बस्ने भएको छ । यो भन्दा अघि जेठ २५ मा नीति तथा कार्यक्रम ल्याउने समय तोकिएको भए पनि सभामुखको निर्देशनअनुसार जेठ २६ बैठक सारिएको हो। प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि सुरु हुने छ ।
दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको छ ।