Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव आयोजना हुने


औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव आयोजना हुने

काठमाडौं । धनकुटामा नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव आयोजना हुने भएको छ ।
उत्सव आगामी वैशाख २३ देखि जेठ ५ गतेसम्म आयोजना हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उक्त अवसरमा घरेलु उत्पादनको प्रवर्द्धन एवम् पर्यटन तथा जाति विशेषका परिकार समावेश हुने जनाइएको छ ।


कोशी प्रदेशलाई पर्यटन वर्षको रुपमा घोषणा गरिएकाले त्यसलाई समेत उत्सवले सघाउ पुर्‍याउनने अपेक्षा गरिएको छ । महोत्सवमा साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।

मेलामा घरेलु उत्पादन र स्थानीय खानाका परिकार ३५ वटा स्टल रहने छन् । आन्तरिक पर्यटकले अवलोकन गरेर एक करोड बराबरको कारोबार हुने तथा २५ लाख बराबरको खर्च हुने आयोजकको अपेक्षा गरेको छ । उत्सवको लागि कोशी प्रदेश सरकार तथा जिल्लाका सातवटै पालिकाको सहयोग रहने बताइएको छ ।