Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर विवरण हेरफेर गरेको आरोपमा दुई जना युवा पक्राउ


कर विवरण हेरफेर गरेको आरोपमा दुई जना युवा पक्राउ

आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई भाटभटेनी सुपरमार्केटको कर विवरण हेरफेर गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्तिहरूमा चितवन, भरतपुर महानगरपालिका ११ का २८ वर्षीय सन्तोष पराजुली र गोरखा भिमसेन थापा गाउँपालिका ४ घर भई भरतपुर महानगरपालिका ११ बस्ने २२ वर्षीय परिन पाण्डे रहेका छन्।

दुबै जना चितवनस्थित ‘बिहादी बिजनेस म्यानेजमेण्ट’ नामक लेखापरीक्षण फर्ममा आबद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरु दुवैलाई गएको ५ गते पक्राउ गरि आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

उनीहरुले कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई, भाटभटेनी सुपरमार्केटले चुक्ता गर्नुपर्ने राजस्व रकम हेरफेर गरेको बताइएको छ। उनीहरूले सरकारलाई तिर्नुपर्ने कर दायित्वमा अस्वाभाविक परिवर्तन गरी गलत विवरण प्रणालीमा प्रविष्ट गरेको समेत पाइएको छ।अनुसन्धानका क्रममा भाटभटेनी सुपरमार्केटको कर विवरणमा २ अर्ब ३४ करोड १६ लाख रुपैयाँ कारोबारको कर दायित्व ६ करोड २६ लाख रुपैयाँ रहेको तथ्यलाई हेरफेर गरी १३ करोड ९ लाख रुपैयाँ पुर्‍याइएको पुष्टि भएको छ।

पक्राउको क्रममा उनीहरुले प्रयोग गरेका तीनवटा ल्यापटप, एक सीपीयू, एक वाईफाई राउटर, एक डीभिआर, र दुईवटा मोबाइल फोन प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउपछि अभियुक्तहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।