Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अफिस गइरहँदा पनि बिदामा बस्यो भनेर समाचार आयोः गभर्नर


अफिस गइरहँदा पनि बिदामा बस्यो भनेर समाचार आयोः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘गभर्नर बिदामा’ भनी भ्रम छर्ने गरी समाचार आएको भन्दै गुनासो गरेका छन् । सोमबार महिला आर्थिक पत्रकारहरूका लागि आयोजना गरिएको तालिमको उद्घाटनमा उनले भने, ‘समाचारहरूको विश्वासनियतामा कमी आइरहेको छ । म अफिस गइरहेको छु ।

तर, गभर्नर बिदामा भनेर समाचार आउँछ । यसले सर्वसाधारणमा भ्रम सिर्जना हुने भएकोले सही समाचार प्रकाशन गर्न सबै पत्रकारलाई आग्रह गर्दछु ।’

अधिकारी २०७६ चैत २४ गते अधिकारी ५ वर्षको लागि गभर्नर नियुक्त भएका थिए । गभर्नर अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल आउँदो चैत्र २४ गते सकिँदैछ ।

कार्यकाल समाप्त हुनु एक महिना अगाडि बिदा बस्न पाउने सामान्य चलन छ । तर, यो अनिवार्य नभएको बताइन्छ । गभर्नर अधिकारी बिदामा भने बसेका छैनन् ।