Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्रीको रूपमा त्यो भाषा बोल्न हुन्नथ्यो, त्यो दिन म ज्ञानुको बुवा भएर बोलेको थिएँः प्रधानमन्त्री


प्रधानमन्त्रीको रूपमा त्यो भाषा बोल्न हुन्नथ्यो, त्यो दिन म ज्ञानुको बुवा भएर बोलेको थिएँः प्रधानमन्त्री

काठमाडौं, २५ असार । गत साता एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् ।

‘म थोरै भावनामा आएँ । मनमा आयो भनेँ । त्यसैले त प्रचण्ड हो,त के गर्नुहुन्छ ?’प्रधानमन्त्री दाहालले भने,’प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नुहुन्नथ्यो । त्यो दिन म ज्ञानुको बुवा भएर बोलेको थिएँ ।’ उनले आफ्नो भावनात्मक शैली रहेको र यो आफ्नो कमजोरी रहेको महसुस आफूले गरेको उनले बताए ।

दाहालले गत साता सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्लीसमेत पुगेको धारणा राखेका थिए । उक्त धारणाप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । अवरोध संसद् खुलाउने क्रममा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । उनले आफ्नो एउटै भावनात्मक अभिव्यक्तिका कारण आफ्नो अहिले सम्मको योगदान कुनै काम नलाग्ने नभएको हो भन्दै प्रश्न समेत गरेका छन् ।