Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गोल्छा ग्रुपले सर्भो लुब्रिकेन्ट बनाउने


गोल्छा ग्रुपले सर्भो लुब्रिकेन्ट बनाउने

काठमाडौं, २० जेठ । गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एन्ड कम्पनीले नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल मरिसस लिमिटेडसँग कम्पनीले संयुक्त लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेको हो ।

उक्त प्लान्ट सन् २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि दुवै कम्पनीले ५०र५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको पहिलो चरणअन्तर्गत अधिकारिक पुँजी लगानी ६० करोड बराबर हुने बताइएको छ ।

‘इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राको शुभारम्भ भएको छ,’ गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवम् चेयरम्यान शेखर गोल्छाले भने, ‘यो पहिलो खुड्किला हो । भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत् योजना छ । यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा थपेको छ ।’