Sunday, June 29, 2025

२०८२ असार १५, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पछिल्लो एक हप्तामा इरानबाट ८८ हजारभन्दा बढी अफगानी आप्रवासी स्वदेश फर्किए


पछिल्लो एक हप्तामा इरानबाट ८८ हजारभन्दा बढी अफगानी आप्रवासी स्वदेश फर्किए

पछिल्लो एक हप्तामा इरानबाट ८८ हजारभन्दा बढी अफगानी आप्रवासी स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार उनीहरू सबै कागजातविहीन थिए ।

आइओएमको जुन २८ मा सार्वजनिक विवरणअनुसार जुन १८ देखि २६ सम्म ८८ हजार तीन सय आठ जना अफगानी नागरिकलाई इरानले देश निकाला गरेको हो । तीमध्ये धेरैजसोलाई जबर्जस्ती अफगानिस्तान पठाइएको छ ।

फिर्ता भएकामध्ये ५५ प्रतिशतलाई बलपूर्वक निकालिएको र ६४ प्रतिशत परिवारसहित यात्रा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, तीमध्ये मात्र ११ प्रतिशतले अन्तर्राष्ट्रिय सहयोग पाएका छन् । स्रोतको अभावले धेरैलाई आधारभूत सेवा पनि पुर्‍याउन नसकिएको आइओएमले जनाएको छ ।

यसअघि, जुन १० देखि १७ सम्म ३२ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइएका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आइओएमले भीडभाड भएका सीमा क्षेत्रमा फर्कनेहरूको स्वास्थ्य र सुरक्षामा गम्भीर जोखिम रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोग गर्न अपिल गरेका छन् ।