Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकमा पैसा थुप्रिएपछि रिभर्स रिपोद्धारा २० अर्ब तान्दै राष्ट्र बैंक


बैंकमा पैसा थुप्रिएपछि रिभर्स रिपोद्धारा २० अर्ब  तान्दै राष्ट्र बैंक

काठमाडौं, १९ असार । बैंकिङ प्रणालीमा लगानी योग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले फेरि रकम तान्ने भएको छ । राष्ट्र बैंकले रिभर्स रिपोद्धारा २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो । एक सूचना जारी गर्दै राष्ट्र बैंकले असार २९ गतेसम्मका लागि (१० दिने अवधिको) बोलकबोलद्धारा २० अर्ब खिच्न लागेको बताएएको छ ।

यही असारमा राष्ट्र बैंकले दुई पटक गरेर करिब २३ अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । २०७९ माघ १२ गते ५ अर्ब रुपैयाँ तानेपछि असारमा मात्रै बैंकिङ प्रणालीबाट पैसा खिच्न थालेको हो । बैंकिङ प्रणालीमा हाल साढे ३ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अन्तर बैंकदर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ । खासगरी अन्तरबैंक ब्याजदर साढे ५ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।