Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले भारतबाट १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने


सरकारले भारतबाट   १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने

काठमाडौं, श्रावण १९ । सरकारले भारतबाट यो मा वर्ष १० लाख टन धान १ लाख टन चामल आयात गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको अभाव हुन नदिनका लागि सो परिमाणको धान र चामल आयात गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए छन् ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको, नेपालमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ पूर्ण रुपमा हुन नसकेको जस्ता पक्षलाई मध्यनजर गर्दै सरकारले धान र चामल आयात गर्ने निर्णय विभागले पत्रकार सम्मेलन आयोजना गरी बताएको छ ।

त्यस्तै सरकारले ५० हजार टन चिनी निर्यात गर्ने निर्णय पनि गरेको छ । बजारको आपूर्ति व्यवस्थालाई सहज बनाइ महँगी नियन्त्रणका लागि आपूर्तिको निर्णय भएको ठाकुरले बताएका  छन् ।