Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

छुर्पीको निर्यात दिन प्रतिदिन बढ्दो


छुर्पीको निर्यात दिन प्रतिदिन  बढ्दो

काठमाडौं । कुकुरको खानाको लागि प्रयोग हुने छुर्पीको निर्यात दिन प्रति बढ्दो छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आर्थिक वर्ष सोही अविधमा १४‍.९६ प्रतिशतले छुर्पीको निर्यात बढेको हो । चालू आर्थिक वर्षको साउन देखि जेठसम्म २ अर्ब ९६ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको १५ लाख ६३ हजार ३९० किलो छुर्पी निर्यात भएको भन्सार विभागले बताएको छ ।

कुकुरको खानाअन्तर्गत पर्ने छुर्पी धेरै निर्यात हुने गरेको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताएका छन् । कुकुरको खानाका लागि नेपालबाट छुर्पी नै सबैभन्दा  धेरै निर्यात हुन्छ भने चोकर भन्ने खाना आयात हुन्छ, उनले भने । गत आर्थिक वर्ष सोही अवधिमा २ अर्ब ५८ करोड ५ लाख ४२ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्ष साउन देखि जेठसम्म १५ लाख ५२ हजार २२२ किलो निर्यात भएको थियो । छुर्पी सबैभन्दा बढी क्यानडामा निर्यात हुने गरेको विभागको तथ्यांकले देखाएको छ । फिनल्याण्ड, फ्रान्स, अमेरिका, क्यानडा लगायत विभिन्न मुलुकमा पनि निर्यात हुन्छ ।