Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकद्धारा ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने


राष्ट्र बैंकद्धारा ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ७ करोड ५२ लाख, ‘ख’ वर्गका बैंकले ५७ करोड ६५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १९ करोड २१ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

बैंकले बुधवार राती १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । मुद्दती निक्षेपमा मे १७, २०२५ देखि मे १७, २०२६ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा एनपीएल अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ ।