Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ईपीजीको विषयले माहोल बिग्रन सक्थ्योःप्रधानमन्त्री दाहाल


ईपीजीको विषयले माहोल बिग्रन सक्थ्योःप्रधानमन्त्री दाहाल

काठमाडौं । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले महत्वपुर्ण मानिएको ईपीजीको विषयले माहोल बिगार्ने संकेत गरेको बताएका छन् । नेपालमा भएको छलफलका आधारमा उनले यो विषयलाई उठाउनु पर्ने थियो तर भ्रमणको माहोल बिग्रने संकेत देखिएपछि विषय नढाएको उनले बताएका छन् । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा कुरा बिग्रेला बिग्रेलाजस्तो भएर सम्हालिएको बताए ।


शुक्रबार बिहान नयाँदिल्लीमा नेपाली पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ३ पटक वान टु वान भेटवार्तापछि वातावरण सहज भएको बताएका हुन् । बुधबार नयाँदिल्ली पुग्दाका दिन केही जटिलता आउने हुन् कि जस्तो वातावरण रहेको प्रधानमन्त्री दाहालले बताए ।

हामीले जुन अपेक्षा र तयारीका साथ आएका थियौँ । बीचमा अलिकति कम्प्लेक्सिटी आउने हो कि जटिलता आउने हो कि भन्याजस्तो पनि थियो आउँदाका दिन, उनले भने । बुधबार बेलुकाको अवस्था जटिल भए पनि बिहीबार बिहानबाट वातावरण सहज बन्दै गएको प्रधानमन्त्री दाहालले बताए । अस्ति बेलुकाको स्थिति अर्कै थियो, हिजो बिहानबाट बिस्तारै वातावरण सकारात्मक बन्दै गयो र हैदराबाद हाउसको रिजल्ट    आयो । एमओयू भयो, अग्रिमेन्ट भयो ।

हस्ताक्षर भयो । त्यो सबैले गर्दा यो भिजिट महत्त्वपूर्ण भयो, उनले भने । बुधबार दिल्ली ओर्लिएपछि नेपाली दूतावास पुग्दा आफ्नो अनुहारमा कुनै चमक नभएको समेत उनले बताए । आफूलाई कुनै दबाब भएजस्तो महसुस भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पहलमा वातावरण सहज हुन पुगेको उनले बताए । मोदीसँग ३ पटक वान टु वान भेटवार्ता भयो । त्यसले पनि परिस्थितिलाई सहज बनायो । धेरै मेहनत गरियो । मलाई त एकचोटि त बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे भन्ने चिन्ता भएकै थियो । एम्बेसीमा मेरो अनुहारमा कुनै चमक थिएन, कुनै दबाब भएजस्तो थियो । यसमा मोदीजीले नै इनिसियटिभ लिएजस्तो देख्छु, उनले भने ।


आफूले प्रधानमन्त्रीका रूपमा चार पटक भारत भ्रमण गरे पनि यो भ्रमण ऐतिहासिक भएको उनले बताए । पहिलेका भ्रमणलाई भन्दा यस पटक भारतीय सञ्चारमाध्यमले पनि राम्रो स्थान दिएको उनले बताए । कुल मिलाएर राम्रो भयो । चौथो पटक प्रधानमन्त्रीका रूपमा आएँ । दोस्रो भ्रमण स्टेट भिजिट नै थियो । राष्ट्रपति भवनमै बसेको थिएँ । तर अहिले भारतीय मिडियाले पनि मेरो भ्रमणका बारेमा बढी नै कभरेज गरेको पाएँ, उनले भने । त्यस्तै प्रधानमन्त्री दाहालले यस पटकको मुख्य आउटकमु लङटर्म पावर डिल नै भएको बताए ।

ऊर्जा क्षेत्रमै नेपालको सम्भावना भएको उल्लेख गर्दै दाहालले भने, हामीले सबैभन्दा जोड दिएको दीर्घकालीन ऊर्जा सम्झौता हो । हामीसँग भएको पोटेन्सियल भनेको पावर सेक्टर नै हो । आफूले भारतीय समकक्षी मोदीसँगको भेटमा सीमा विवाद थाती राखेर नेपाल भारत सम्बन्धमा ब्रेकथ्रु हुन नसक्ने बताएको प्रधानमन्त्री दाहालले बताए । उनले भने,मैले मोदीजीलाई सीमा विवाद कायम राखेर नेपाल(भारतबीच ब्रेक थ्रु हुन सक्दैन भनेँ । नेपाल(भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास मोदीजीले राख्नु भएको छ । उहाँकै मुखबाट सीमा समस्या हल गर्ने कुरा महत्त्वपूर्ण हो ।