Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एलआइसी नेपालले कमायो साढे १२ करोड खुद नाफा


एलआइसी नेपालले कमायो साढे १२ करोड खुद नाफा

काठमाडौं, श्रावण २९ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले खुद नाफामा सुधार ल्याएको छ । गत वर्ष कम्पनीले साढे १२ करोड रुपैयाँ नाफा कमाएको हो ।कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९,८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो वर्ष ८ करोड ७४ लाख ७९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने धनात्मक देखिएको छ । समिक्षा अवधिमा कम्पनीले १२ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १७ अर्ब ३९ करोड ३८ लाख २२ हजार रुपैयाँ रहेको छ। यस्तै, कम्पनीले पुनर्बीमा कमिशन द्वारा ७१ लाख १७ हजार, लगानी, कर्जा तथा अन्यबाट ७ अर्ब ८३ करोड ८३ लाख ७९ हजार, बीमालेख धितो कर्जाबाट २ अर्ब ३६ करोड ४९ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ। समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिसशनका लागि १ अर्ब ४३ करोड ५३ लाख ७५ हजार रुपैयाँ र बिमितको स्वास्थ्य परिक्षणका लागि ६६ लाख ९० हजार रुपैयाँ खर्चिएको छ ।

कर्मचारीहरुका लागि भने कम्पनीले २ करोड ३९ लाख २३ हजार रुपैयाँ बोनस व्यवस्था गरेको छ। समिक्षा अवधिमा कम्पनीले ८ अर्ब ९८ करोड ५६ लाख ९८ हजार रुपैयाँ कुल दावी भुक्तानी दिएको छ । कम्पनीले २४ हजार ९३२ वटा दावी भुक्तानी गरेको हो । भुक्तानी हुन् बाँकी दावी रकम भने ३८ करोड २१ लाख ७८ हजार रुपैयाँ देखिएको छ।

कम्पनीको चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा भने १ अर्ब २७ करोड ५१ लाख ६४ हजार रुपैयाँ राखेको छ । समिक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १४.७९ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ४ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २५ पैसा रहेको छ।