Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकको निक्षेप ५६ खर्बमाथि,लगानी खुम्चिदा ५ खर्ब तरलता बढ्यो


बैंकको निक्षेप ५६ खर्बमाथि,लगानी खुम्चिदा ५ खर्ब तरलता बढ्यो

काठमाडौं, साउन ९ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५६ खर्ब ३५ अर्ब नाघेको छ । जुलाई २१ सम्ममा बैंको निक्षेपले झण्डै साढे ५६ खर्ब नाघेको हो । बैंकको ब्याजदर वृद्धिसँगै लगानी जोखिमले निक्षेपकर्ताहरु बचतमा केन्द्रित हुँदा बैंको निक्षेप बढ्न पुगेको हो । यस अवधिमा वाणिज्य बैंकको निक्षेप ४९ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ भने अन्य वित्तीय संस्थाहरूको निक्षेप ६ खर्ब ७४ अर्ब रुपैयाँ हाराहारी रहेको छ ।

यता बैङ्कहरूको कर्जा लगानी भने अनपेक्षित रूपमा खुम्चिन पुगेको छ । केन्द्रीय बैंकका अनुसार साउन ५ गते शुक्रबारसम्ममा ४८ खर्ब ५६ अर्ब रुपैयाँ रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । ८३.१० प्रतिशत सीडी रेसियो कर्जा निक्षेप अनुपात कायम गरेका बैंकहरुले यस अवधिमा ५ खर्ब बढी तरलता आफैसँग राखेको देखिन्छ । यसले बैंकमा पैसा थुप्रिने तर लगानी नहुँदा उत्पादन वृद्धि नहुने खतरा देखिएको छ ।