Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वाग्मति प्रदेश सरकारद्वारा सहकारी संस्थाका सदस्यहरुलाई ऋण चुक्ता गर्न अनुरोध


वाग्मति प्रदेश सरकारद्वारा सहकारी संस्थाका सदस्यहरुलाई ऋण चुक्ता गर्न अनुरोध

मकवानपुर, २९ असार । वाग्मति प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुलाई समयमै ऋण चुक्ता गर्न अनुरोध गरेको छ ।

विहिबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने भएको हुँदा ऋणी सदस्यहरुले समयमै ऋण चुक्ता नगर्दा सहकारीलाई बचत फिर्ता गर्न कठिनाई भएका कारण ऋण चुक्ताका लागि आव्हान गरेको हो ।

ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज विभिन्न बहानाबाजी एवं केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको हुँदा सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा ब्याज चुक्ता नगर्दा केही संस्थामा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको मन्त्रालयले जनाएको छ ।

साथै, ऋणी सदस्यले यदि समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा वाग्मति प्रदेश सहकारी ऐन २०७६,को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था रहेको इंगित गर्दै प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोहि बमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्यालाई समाधान गर्न सहयोग गरिदिन समेत अनुरोध गरेको छ ।