काठमाडौं । नागरिक लगानी कोष मार्फत् स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुनेगरी नागरिक पेन्सन योजना सञ्चालन गरिने भएको छ ।
वित्तीय क्षेत्रको स्थायित्वलाई असर पु¥याउने गैर व्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने साथै मिटर व्याज पीडितका गुनासो पनि उचित रूपमा सम्बोधन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दै बताउनुभएको छ ।